घाँस काट्दा जादा लडेर महिलाको निधन
कालिकोट,भदौ १ । कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक महिलाको घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको छ ।
घाँस काट्ने क्रममा वडा नं ५ की ३५ वर्षीया पशु सहकारीको भिरबाट लडेर निधन भएको हो ।
स्थानीय वड्डा भिरमा घाँस काट्ने क्रममा लडेर उनको निधन भएको स्थानीय शिक्षक मानबहादुर सहकारीले बताए । मृतक सहकारीको दुई नाबालक बच्चा छन् ।

