फेसबुकमा नक्कली आइडी बनाई चरित्रहत्या गर्ने भक्तपुरका सुसन चौगुठी पक्राउ



काठमाडौं,भदौ १४ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका १४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा केटी साथीहरूसँग नजिक भई प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरूको दुरूपयोग गरी नक्कली फेसबुक आइडी बनाई उक्त भिडियोहरू पीडितको आफन्तहरूलाई समेत पठाई चरित्र हत्या गरेको घटनामा संलग्न चौगुठीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्