एमाले महासचिव पोखरेलको टोली चीन भ्रमणमा जाँदै
काठमाडौ,भदौ १५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावनापूर्ण भ्रमण गर्नेभएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिए ।
उनका अनुसार भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुनेछ ।
पोखरेल नेतृत्वको टोलीमा एमाले परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह, कोशी प्रदेश सभा सदस्य रामबहादुर मगर, अखिल नेपाल महिला संघका अध्यक्ष टुकाभद्र हमाललगायतका सदस्यहरु भ्रमण टोलीमा सहभागी हुने जनाइएको छ ।

