जनतामा छटपटी र आक्रोश बढ्यो: गगन थापा



काठमाडौं,भदौ १६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिले धुलाबारीमा आयोजना गरेको नगर सम्मेलनमा सम्बोधन गर्दै उनले जनतामा छटपटी र आक्रोश उत्पन्न भएकोले बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामर्थ्य राख्ने दाबी गरे ।

उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्नेमा जोड दिए । महामन्त्री थापाले नीतिगत भ्रष्टाचार र काण्डै काण्डले सत्तामा पुगेका बदनाम भइरहेका हुँदा कांग्रेसकै पनि कुनै नेताले भ्रष्टाचार गरेको फेला परे त्यस्तो पापको भारी पार्टीले बोक्न नसक्ने बताए ।

उनले नेपाली कांग्रेसलाई रूपान्तरण गर्न विसं २०८२ मा पार्टीको महाधिवेशन गर्नुपर्ने र चुनावमा उम्मेदवार छान्न आफ्नै तहका क्रियाशील सदस्यले मतदान गर्ने परिपाटी बसाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्