माओवादी केन्द्र लिखुले गर्यो छहरे बजार सरसफाइ



नुवाकोट,भदौ १६ । माओवादी केन्द्र लिखुले थान्सिङको फकटे खोलादेखि छहरे बजारसम्म सरसफाइ गरेको छ ।

शनिबार पार्टीको विशेष रुपान्तरण कार्यक्रम स्वरुप मध्यपहाडी लोकमार्गको दायाँ बायाँ फगटेखोलादेखि छहरे बजारसम्म सरसफाइ गरेको माओवादी केन्द्र लिखुका युवा नेता प्रकाश डङोलले बताए ।

सरसफाइ कार्यक्रममा लिखु गाउँपालिका वडा नम्बर ६ की इन्चार्ज बाग्मती प्रदेश कमिटी सदस्य सीता खतिवडाको प्रमुख उपस्थिति रहेको थियोे ।

त्यस्तै पन्चकन्या गाउँपालिका -३ स्थित पञ्चकन्या माद्यामिक विद्यालयमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इश्वर चन्द्र ज्ञावलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको छ ।

घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मूल नाराकासाथ जनतासंग माओवादी विशेष रुपान्तरण अभियानमा शनिबार कविलासमा एक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अभियान संयोजक जिल्ला समन्वय समिति सदस्य तथा पञ्चकन्या गाउँ संगठन समितीका अध्यक्ष मणिनाथ लामिछाने, जिल्ला समन्वय सदस्य रुपेश तमाङ, पञ्चकन्या संगठन कमिटीका उपाध्यक्ष नुवाकोट जिल्ला समन्वय प्रमुख रजिन्द्र सिंह ठकुरी, पञ्चकन्या संगठन समिती का सदस्यहरु, वडा समितीका उपाध्यक्ष सहिद परिवार वावु कृष्ण राई लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्