एमाले महासचिव पोखरेलसहित २२ सदस्यीय टोली चीन भ्रमणमा



काठमाडौं,भदौ १७ । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलसहितको २२ सदस्यीय टोली चीन प्रस्थान गरेको छ । एमाले परराष्ट्र मामिला विभागका सदस्य डा. अन्जान शाक्यले शनिबार राति पोखरेलको टोली चीन प्रस्थान गरेको जानकारी दिए ।

उनका अनुसार पोखरेलसहित परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह, कोशी प्रदेश सभा सदस्य रामबहादुर राना, अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमाल, केन्द्रीय सदस्यहरु सहदेव बोगटी, निरजप्रसाद आचार्य रहेका छन् । 

त्यस्तै, भ्रमण दलबाट मञ्जुदेवी गुरुङ, अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल, लक्ष्मणकुमार शर्मा, पीताम्बर भुसाल, क्षितिज थेवे, समिककुमार बडाल, गोपाल खनाल, हुमाकुमारी डिसी, प्रचार विभाग सदस्य राजेश राई र सचिवालयका सरोजकुमार रेग्मी चीन प्रस्थान गरेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्