ठुला मिटरब्याजी अनुपस्थीत भएपछि जिप्रका ललितपुरले प्रहरी कार्यालयलाई लेख्यो पत्र



काठमाण्डौ,भदौ १८ । २०८० साल असार १२ गते देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले आफु र आफना संस्था डुबाउन भुमिका खेल्ने मिटरब्याजीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्धा दर्ता गरेका थिए । उक्त मुद्धा दर्ता भए लगत्तै छानविन सुरु भएको थियो ।

सोसँगै ३ जना मिटरब्याजीले चलन चल्तीको ब्याज भन्दा माथीको नगद र धितोमा राखेको घरजग्गा, गाडी फिर्ता गरेको पिडित चौलागाइले बताएका छन् । बाँकी रहेका १२ जना मिटरब्याजीहरु सम्पर्कमा नआएको उनले सुनाए ।

जिप्रका ललितपुरले सम्पर्कमा आउन भनेपनि नआएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरमा उनीहरु सम्पर्कमा नआएको बारे प्रशासनले जानकारी पत्र पठाएको छ । सो पत्र पठाएको बारे मिटरब्याज पिडित रविन्द्र चौलागाइले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्