चट्याङ लागेर महिलाको मृत्यु
जाजरकोट,भदौ १८ । जाजरकोटको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।
बारेकोट गाउँपालिका –५ तोल्खान निवासी २६ वर्षीय रेवती सिंहको मृत्यु भएको हो ।
आइतवार दिउँसो ३ बजे बाख्रा चराउन जङ्गल गएकी सिंहको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक डिएसपी सन्तोष रोकाले जानकारी दिए ।

