नुवाकोट पञ्चकन्याको बाङ्गेखोलाको पुल उद्घाटन सम्पन्न



नुवाकोट,भदौ १८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन भएको छ ।

सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सो पुलको उद्घाटन गरेका हुन् ।

गाउँपालिका र संघीय सरकारबाट प्राप्त कुल ६५ लाखको लागतमा निर्मित १२० मिटर सो पुल निर्माणसंगै पञ्चकन्या गाउँपालिका र तादी गाउँपालिकाको वडा नम्बर ४ आसपास क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने गाउँपालिकाले जनाएको छ ।

उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष्य विमला केसी, ४ नम्बर वडाअध्यक्ष सञ्च तामाङ लगायतको प्रमुख उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्