टेकुुमा अत्याधुुनिक प्रविधिको पेट्रोल पम्प निर्माण हुने



नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन लागेको छ । काठमाडौँको टेकुस्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो । आठ रोपनी जग्गामा आठ करोड ५० लाख रुपियाँ लागतमा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ । 

उपत्यकामा निजीस्तरबाट पम्प स्थापना भए पनि निगमको आफ्नो पम्प थिएन । निगम आफैँले पम्प सञ्चालन गर्दा बन्द हडतालका बेलासमेत नियमित रूपमा सञ्चालन हुुँदा उपभोक्तालाई सहज हुने बताइएको छ ।

स्थापना भएका निजी पम्पहरू समेत मापदण्ड पूरा गरेका छैनन् । निगमकै कर्मचारीको मिलेमतोमा यसरी मापदण्ड पूरा नगरी पम्पहरू सञ्चालन गर्न दिँदा पेट्रोल पम्प दुर्घटनाको एउटा कारक बन्ने अध्यनहरुले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्