दोलखामा अतिक्रमित जग्गाको खोजबिन सुरु



दोलखा,भदौ १९ । जिल्ला प्रशासन कार्यालय दोलखाले अतिक्रमित जग्गाको खोजबिन सुरु गरेको छ । गृह मन्त्रालयले अतिक्रमित जग्गाको अभिलेख राखी विवरण पठाउन निर्देशन दिएपछि खोजबिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार निर्देशनलगत्तै सम्बन्धित निकायमा अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरिएको छ । मालपोत, नापी र वन कार्यालयबाट यस किसिमका जग्गाको विवरण नभएको पत्र प्राप्त भएको छ । 

यस जिल्लाका नौ वटै स्थानीय तहलाई पनि पत्राचार गरिएको छ । प्रमुख जिल्ला अधिकारी धमलाले भन्नुभयो, “स्थानीय तहबाट जवाफ आउन बाँकी छ । जवाफ आएपछि सोही अनुसार मालपोत, नापी र वन कार्यालय प्रमुखसहित छलफल हुने छ । मन्त्रालयलाई पनि जानकारी दिने र अतिक्रमित जग्गाबारे नौ वटै स्थानीय तह प्रमुखसँग आवश्यक छलफल गर्ने सोच बनेको छ ।” 

जग्गा अतिक्रमिण भएको कहीँ कतैबाट उजुरी आएको छैन । जिल्लामा अतिक्रमित जग्गाबारे अहिलेसम्म खोजबिन सुरु भएकै छैन । सूचना प्रवाह गरी सर्वसाधारणबाट पनि उजुरी दिन आग्रह गरिने उबले बताए । 

प्रतिक्रिया दिनुहोस्