सुमधुर स्वरकी गायिका कोपिला तामाङको स्वरमा आयो भजन ‘नरोउ राधा’
काठमाडौं,भदौ १९ । सुमधुर स्वरकी गायिका कोपिला तामाङ वाइबाको स्वरमा भजन ‘नरोउ राधा’ बजारमा आएको छ ।
पछिल्लो समय गायन क्षेत्रमा चर्चा बटुल्न सफल गायिका वाइबाको स्वरमा सजिएको ‘नरोउ राधा’ भजनमा हरिबहादुर राउतको स्वर समेत सुन्न सकिन्छ ।
गोल्डेन हार्ट पिक्चर युट्युब च्यानलमा सार्वजनिक गीतमा मोडलद्वय अभिषेक र संगमको अभिनय देख्न सकिन्छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सार्वजनिक गीत उत्कृष्ट भएको प्रतिक्रिया दर्शक श्रोताले दिइरहेको भजन निर्माण टीमले जनाएको छ ।
भजन हेर्नुहोस

