एमाले महासचिव पोखरेल र चिनियाँ पोलिटव्यूरो जियाजुनबीच भेटवार्ता
काठमाडौं,भदौ २० । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहनु भएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच बुधबार भेटवार्ता भएको छ ।
चीनको सबैभन्दा ठूलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहेका जियाजुन र महासचिव पोखरेलबीच छोङछिङमा भेटवार्ता भएको हो ।
भेटका क्रममा पोलिटव्यूरो सदस्य जियाजुनले नेपाल र चीनबीचको सम्बन्ध पुरानो र घनिष्ट रहेको बताए । उनले नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुशी व्यक्त गरे । उनले भन्नु ‘चीन बिरोधी गतिबिधि नेपालले अस्वीकार गरेकोमा हामी खुशी छौं ।’

