नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ
काठमाडौं,भदौ २० । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, नुर्फिन १ सय ९८ एम्पुल र डाईजेपाम १ सय ९८ एम्पुलसहित पर्सा पोखरीया नगरपालिका-५ घर भएका २० वर्षीय मुन्नालाल पटवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङगा तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ना।६ ख ७०३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

