राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरको दर्शन
काठमाडौं,भदौ २० । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । आज बुधबा दिउँसो राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका हुन् । सो अवसरमा उनले कृष्ण मन्दिरभित्र भगवान श्रीकृष्णको पूजा आराधना र प्रसाद ग्रहणसमेत गरेका थिए ।
आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णाष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ ।
भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ ।

