सन्दीप विरुद्धको मुद्दाः गौशला २६ को जन्मदर्तामा अदालतलाई अझैं आशंका



काठमाडौं,भदौ २१। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा सुनुवाइ भएको उक्त मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको हो ।

बिहीबार पीडित पक्षका अधिवक्ताहरुले वहस गरेका थिए । पीडित पक्षका अधिवक्ताहरुको वहसपछि थप कागजात झिकाउन आदेश भएको छ ।

न्यायाधीश कार्कीले गौशला–२६ को जन्मदर्ता पुनः प्रमाणीकरणको आदेश दिएकी छन् । सन्दीपविरुद्ध गौसला २६ ले बलात्कार आरोपमा मुद्दा दायर गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्