रिलायबल इन्स्योरेन्स नुवाकोट शाखाले गर्यो बालबालिकालाई शैक्षिक सामग्री वितरण
नुवाकोट,भदौ २३ । रिलायबल इन्स्योरेन्स नुवाकोट शाखाले बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
शाखाको छैठौं वार्षिकोत्सबको सन्दर्भमा बालबालिकालाई सामग्री वितरण गरेको सो शाखाले जनाएको छ ।
शाखाले शुक्रबार तार्केश्वर गाउँपालिका वडा नम्बर १ दाङसिङमा रहेको दाङसिङ माध्यमिक विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत गरिब,टुहुरा र अति विपन्न ३७ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाका प्रबन्ध निर्देशक रोनिश लोप्चन तामाङले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर तामाङ, प्रधानाध्यापक हरीप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

