काभ्रेमा नेवारी खानाको प्रवर्धन गर्न ‘खाना महोत्सव’
काभ्रे,भदौ २३ । परम्परागत नेवारी खानाहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपामा दुई दिने ‘काभ्रे फुड फेस्टिबल’ खाना महोत्सवको आयोजना गरिएको छ ।
काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ तथा काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको संयुक्त आयोजनामा शुक्रबार र शनिवार खाना महोत्सवको आयोजना गरिएको हो ।
खाना महोत्सवका कार्यक्रम संयोजक श्यामकुमार भालु श्रेष्ठले जिल्लामा रहेको नेवारी खानाको प्रवद्र्धन तथा प्रचार गर्ने, आर्थिक मन्दिका कारण थलिएको व्यवसायलाई पुनर्जागृत गराउने उद्देश्यले खाना महोत्सवको आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवमा १८ वटा स्टलहरु राखिएको छ ।

