ललिता निवास जग्गा हिनामिना प्रकरणः पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश



काठमाडौं,भदौ २४ । जिल्ला अदालत काठमाण्डौले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले अभियुक्त केशव दुलाललाई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

२०४९ सालदेखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याएको प्रहरीको दाबी छ । ललिता निवास प्रकरणको आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत गरी तीन सय १० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्