पूर्वसांसद कार्कीको निधनमा शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेश सभा बैठक स्थगित्



काठमाडौं,भदौ २४ । झण्डै साढे २ महिनापछि आइतबार बसेको बागमती प्रदेश सभा बैठक पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै २९ गतेसम्म बैठक स्थगित् भएको छ ।

आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेशसभाका पूर्व सदस्य डा. राजाराम कार्कीको निधन प्रति शोक प्रस्ताव पारित गरेको थियो ।

स्वर्गीय कार्की २०७४ मा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । क्यान्सर रोगको संक्रमणबाट केही दिन अघि कार्कीको निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्