छहरे-टोखा सुरुङमार्गको वातावरण प्रभावबारे अध्ययन गर्न अर्थमन्त्रीसहितको टोली नुवाकोट आउदै



नुवाकोट,भदौ २४ । छहरे-टोखा सुरङ्ग मार्गको ((EIA) वातावरणीय प्रभावका बारेमा जानकारी लिन अर्थमन्त्रीसहितको टोली भोलि नुवाकोट आउने भएका छन् ।

सुरुङ्ग निर्माणका चरणमा स्थानीय क्षेत्रमा केकस्ता असर पर्नसक्ने बारे अध्ययनको लागि शिवपुरी गाउँपालिकास्थित बोहोरेसम्म आउने तयारी रहेको अर्थमन्त्रीका सचिवालयले जनाएको छ ।

भोलि सोमबार दिनको २ वजे अर्थमन्त्री डा. प्रकाशशरण महतका साथ भौतिक पुर्वाधारमन्त्री प्रकाश ज्वाला तथा वन मन्त्री सहितको टोली शिवपुरि ७ र ८ सुनखानी वोहोरेखोला आसपास आउने र अध्ययन गर्ने सचिवालयले जनाएको छ ।

शनिबार विदुरमा सम्पन्न एक कार्यक्रममा अर्थमन्त्री महतले एक दुई दिनभित्रै वातवरणीय प्रभावका बारेमा प्रतिवेदन तयार हुने र सो प्रतिवेदन चीन सरकारलाई बुझाउने बताएका थिए । अर्थमन्त्री डा. महतले यस आर्थिक वर्षका लागि एक अर्ब बजेट समेत विनियोजन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्