चितुवाको आतंक : तीन व्यक्ति घाइते



अछाम,भदौ २४ । नरभक्षी चितुवाको कारण रामारोशन गाउँपालिकाको भटाकाटिया मानिस र घरपालुवा पशुमा आक्रमण गर्न थालेपछि आतंक फैलिएको छ । 

रामारोशन गाउँपालिका –६ भटाकाटियामा तीन जना मानिस र दर्जनौ घरलु पशुलाई आक्रमण गरेको स्थानीय कमल साउदले जानकारी दिए । एक महिला र दुई पुरुषलाई आक्रमण गरेर चितुवाले शनिबार घाइते बनाएको छ ।

भटाकाटियाको परिवन निवासी ३८ वर्षीय जगतबहादुर साउद, ३३ वर्षीय सूर्यबहादुर साउद र ३५ वर्षीया हैकला साउदलाई चितुवाले घाइते बनाएको हो । जगतबहादुरको निधार, सूर्यबहादुरको आँखा र हैकलाको कुमपातामा चोट लागेको स्थानीय कमल साउदले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्