सत्तासाझेदार वर्तमान गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री



विराटनगर,भदौ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबिचको गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन् ।

सोमबार विराटनगर आइपुगेका प्रधानमन्त्री प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै सो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसहित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरू पनि यहाँ आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्