पञ्चकन्या गाउँपालिकाले मनायो तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम

नुवाकोट,भदौ १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार गाउँपालिकाको घलेभञ्ज्याङ् मा सो कार्यक्रम सम्पन्न गरेको हो ।
शुभकामना विशेष कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ,गाउँपालिकाकी उपाध्यक्ष विमला केसी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले, कार्यपालिका सदस्य,गाउँसभासद, गाउँपालिकाका राष्टसेवक कर्मचारी, संधसंस्थाका प्रतिनिधिहरु, विभिन्न समुह तथा सहकारी प्रतिनिधिहरु एंव गाउँवासीको उपस्थिति रहेको थियोे ।