पार्टीको झण्डा ओढाएर नेम्वाङलाई सम्मान



काठमाडौं,भदौ २६ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।

संविधान सभा अध्यक्ष समेत रहेका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।

नेम्वाङको पार्थिव शरीरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले श्रद्धासुमन एवम् सम्मान प्रकट गरेकि छिन् । 

यसैगरी, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, अर्थमन्त्री डा. प्रकाशशण महत लगायतका सरकारसँग उच्च पदस्थ व्यक्तित्वले श्रद्धासुमन अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्