नेम्वाङलाई यसरी सम्झन्छन् माधव नेपाल



काठमाडौं,भदौ २६ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय सुवास नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रुपमा चित्रण गरेका छन् ।

अध्यक्ष नेपालले उहाँले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको माध्यामबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरेको समेत बताए ।

एमाले उपाध्यक्ष समेत रहेका संविधान सभा अध्यक्ष स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि एमाले मुख्यालय च्यासल पुगेका उनले सञ्चारकर्मीमाझ नेम्वाङलाई नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महानहस्ती भएको बताए ।

प्रतिक्रिया दिनुहोस्