आज सुन किन्नेलाई फाइदा, तोलामा आठ सय रुपैयाँले ओरालो

काठमाडौं,भदौ २७ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा आठ सय रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार ६५० रुपैयाँका कारोबार भइरहेको छ । मंगलबार भने छापावाला सुनको मूल्य एक लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँका कारोबार भइरहेको थियो ।
त्यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने एक हजार ३९० रुपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ ।