गौहत्याको विरोधमा राप्रपाको काठमाडौँमा विरोध प्रदर्शन



काठमाडौं,भदौ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा बुधबार काठमाडौँमा प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गबाट सुरुभएको विरोध प्रदर्शन सहिदगेट, वीर अस्पताल, रत्नपार्कको शान्ति बाटिका लगायतको ठाउँमा प्रदर्शन गरेको हो ।

गौहत्या बन्दगर, महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, वैदेशिक रोजगारीलाई व्यवस्थित गरलगायतका नारा तथा प्लेकार्ड प्रदर्शन गर्दै सो दलले प्रदर्शन गरेको हो । प्रदर्शन कार्यक्रममा राप्रपाका शीर्ष नेतासहित सयौँ कार्यकर्ताको सहभागिता थियो । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा निकालिएको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा अध्यक्ष लिङ्देनले सम्बोधन गरेका थिए । देशमा विद्यमान बेथिति नरोकिएसम्म राप्रपाको विरोध कार्यक्रम जारी राख्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्