माओवादी केन्द्र थान्सिङले गर्यो लघु जलविद्युत गृहको सरसफाइ



नुवाकोट, भदौ २७ । सहिद राजाराम भन्डारी (बाशु) को २१ औ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लिखु ६ ले थान्सिङ लघु जलविद्युत गृहको सरसफाइ गरेको छ ।

बुधबार माओवादी केन्द्र लिखुका युवा नेता प्रकाश डङोलको अगुवाइमा पार्टी कमिटीको जनसेवा कार्य अन्तर्गत लघु जलविद्युत गृहको जिर्ण भवनको सरसफाइ गरिएको हो ।

विक्रम संवत २०३१ सालमा स्थानीय सिन्दुरे खोलाबाट पानी ल्याई साबिक थान्सिङ गाविस ३ मुलबाटामा जलविद्युत मार्फत गाउँघर उज्यालो बनाइएको थियोे । राप्रपाका नेता डा. प्रकाश चन्द्र लोहनीको पहलमा निर्माण भएको सो जलविद्युत गृह राष्ट्रिय प्रसारण लाईनको बिस्तारसंगै बन्द भएको थियोे ।

गृहको भौतिक संरचना जोगाउन सके भावी पुस्तालाई चिनारीका लागि महत्त्वपूर्ण हुने बताउदै सरसफाइ गरिएको बताइएको छ । सो अवसरमा माओबादी केन्द्र नुवाकोट जिल्ला समन्वय सदस्य गणेश अधिकारी, लिखु गाउँ पार्टी अध्यक्ष भिम ढकाल, उपाध्यक्ष महेन्द्र डङ्गोल, पार्टी समर्थित स्थानीयको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्