डाक्टरमाथि कुटपिट गर्ने चार जना पक्राउ



मकवानपुर,भदौ २८ । हेटौँडामा दुई जना डाक्टरमाथि कुटपिट गर्नेमध्ये चार जना पक्राउ परेका छन् । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित र भतिजा अनुपलाई पक्राउ गरेको र अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

झन्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापर्बाही भएको भन्दै उनका आफन्तले डाक्टरमाथि कुटपिट गरेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि हिजो बुधवार बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैबीच नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्