व्यवसायीलाई विश्वकर्माको मूर्ति सिंगार्न भ्याइनभ्याई, मूल्य ५ देखि २५ हजारसम्म



काठमाडौं,भदौ २९। विश्वकर्मा पूजाका लागि विश्वकर्माको मूर्ति बनाउन कालिगढहरूलाई भ्याइनभ्याइ छ। असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि राजधानीलगायत  स्थानहरूमा मूर्तिहरू सिंगारिदै छ ।

विश्वकर्मा पूजा गर्नका लागि केही दिनमात्र बाँकी रहेको बेला कुपन्डोलको गुसिंगालमा माटाका विश्वकर्माको मूर्तिलाई विकाउ पण्डित तथा उनका सहयोगीहरु कलात्मक तरिकाले सिंगार्न व्यस्त देखिन्छन ।

विश्वकर्मा पूजामा विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्र, फलाम र फलामले बनेका गाडी लगायत सामग्रीको पूजा हुने गर्छ । यो बर्ष अघिल्ले बर्षको तुलनामा मूर्तिका लागि ठूलो संख्यामा अर्डर भएको व्यवसायी बताउँछन् । 

साना/ठूलो गरि  २०० भन्दा बढि तयार मूर्तिहरूको मूल्य करिब ५ हजारदेखि २५ हजारसम्मको रहेको छ । उनिहरूले विश्वकर्मा पूजा सकिएपछि दशैंका लागि नवदुर्गा भगवती, तिहारका लागि लक्ष्मी, कुमार र गणेशको मूर्ति पनि बनाउने गर्दछन।

प्रतिक्रिया दिनुहोस्