भक्तपुरको गुह्य पोखरीमा वाटर बाइक सञ्चालन, पानीमाथि साइक्लिङ गर्दै टिकटक बनाउनेको भिड



भक्तपुर,भदौ २९ । पोखरी नै पोखरीको शहर भक्तपुरको नः पुखु(पोखरी) मा आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्न उद्देश्यले नेपालमा नै पहिलो पटक  पानी साइकल (वाटर बाइक) चलाउन थालिएको छ ।

पानी साइकल ‘टी एण्ड एन एडभेन्चर’ कम्पनीद्वारा भक्तपुर नगरपालिकाको सहकार्यमा भदौ ९ गते देखि पाँच वटा पानी साइकल सञ्चालनमा आएको हो । एडभभेन्चर पर्यटकहरूका लागि मात्रै होइन पोखरीमा बोटिङको मज्जा लिनेहरूका लागि समेत लक्षित गरेर पोखरीमाथि साइक्लिङ शुरू गरिएको सञ्चालक मध्येको सुजन तिमिल्सिनाले जानकारी दिए । 

नेपालमा नै पहिलो पटक शुरूआत गरिएको वाटर साइकलमा एक पटकमा दुई जना एउटै साइकलमा बसेर पोखरीको परिक्रमा गर्न सकिन्छ । एक जनाले १५ मिनेटमा पोखरीमाथि दुई राउण्ड साइकल चलाउन सक्ने छन भने  प्रति व्यक्ति २ सय रुपैयाँ शुल्क कायम गरिएको छ । साइकल चालकहरूलाई लाइफ ज्याकेटको पनि सुविधा रहेकोले  यो पुर्णरूपमा सुरक्षित रहेको सञ्चालक तिमिल्सिनाले बताए । अहिले भक्तपुर आउने जो कोहीको प्रमुख आकर्षण नै वाटर बाइक भएको छ । भिडियो बनाउने र टिकटक बनाउनेको बाक्लै घुइँचो लाग्न थालेको छ ।  कम्पनीद्वारा सर्लाहीको भरत तालमा पनि छिट्टै पानी साइकल सञ्चालनमा ल्याउने योजना रहेको  जनाएको छ । 

साइकल चालकहरूलाई लाइफ ज्याकेटको पनि सुविधा रहेकोले  यो पुर्णरूपमा सुरक्षित रहेको सञ्चालक तिमिल्सिनाले बताए । अहिले भक्तपुर आउने जो कोहीको प्रमुख आकर्षण नै वाटर बाइक भएको छ । भिडियो बनाउने र टिकटक बनाउनेको बाक्लै घुइँचो लाग्न थालेको छ ।  कम्पनीद्वारा सर्लाहीको भरत तालमा पनि छिट्टै पानी साइकल सञ्चालनमा ल्याउने योजना रहेको  जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्