गैंडाको आक्रमणबाट महिलाको मृत्यु



धनगढी,भदौ २९ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाले आक्रमण गरी आज एक महिलाको ज्यान लिएको छ । निकुञ्जको कोर एरिया कालीकिच ताल क्षेत्रमा गैंडाको आक्रमबाट बेलडाँडी नगरपालिका –२ की ४६ वर्षीया बेलमति बुढाको ज्यान गएको हो । 

उनी सँगै गएका दुई जना महिलाले भने रुखमा चढेर ज्यान जोगाएका छन् । उनीहरुलाई रुखमा चढेको अवस्थामा निकुञ्जको गस्ती टोलीले फेला पारेको सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी मनोज ऐरले जानकारी दिए ।

महिला के कति कारणले निकुञ्ज प्रवेश गरेर कोर एरिया पुगेको भन्ने विषयमा सोधपुछ भइरहेको उनले बताए । महिला सम्भवतः च्याउ खोज्न अनाधिकृत रुपमा निकुञ्ज पसेको हुनसक्ने बताइएको छ । 

शुक्लाफाँटा निकुञ्जको लालपानी र कालीकिच ताल क्षेत्रमा सबैभन्दा बढी गैंडा बस्नेगरेका छन् । यो निकुञ्जमा गैंडाको आक्रमणबाट पहिलो पटक मान्छेको ज्यान गएको निकुञ्ज कार्यालयले जनाएको छ । २०२१ को राष्ट्रिय गणनानुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैंडा छन् ।

प्रतिक्रिया दिनुहोस्