नुवाकोटको शिवपुरीमा अध्यक्षसग वृद्धवृद्धा कार्यक्रम सुरु



नुवाकोट, भदौ २९ । जिल्लाको शिवपुरी गाउँपालिकामा अध्यक्षसग वृद्धवृद्धा कार्यक्रम सुरु भएको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष गोबीन्द थपलियाले सो कार्यक्रमको सुरुवात गरेका हुन् । स्थानीय सिक्रे स्वास्थ्य चौकीमा एक कार्यक्रमका बीच सो सेवा सुरु भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सेवा क्षेत्रमा रहेका ६० वर्ष माथि उमेरका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सम्बन्धि औसधिको ब्यवस्थापन गर्न लागेको हो ।

राज्यबाट पाउने ९८ प्रकारका औसधि बाहेक सुगर, प्रेसरसहित १६ प्रकारको औसधि निशुल्क वितरण गर्न लागेको गाउँपालिकाका स्वास्थ्यकर्मी तथा नुवाकोट जिल्ला स्वास्थ्यकर्मी संघका अध्यक्ष कल्याणभक्त पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्