ग्यास चुलो लिक भएर आगलागी हुँदा आमा छोरीको मृत्युु

सल्यान,भदौ ३० । ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्युु भएको छ । त्रिवेणी गाउँपालिका–२ धामिढुङ्गास्थित शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परी ३२ वर्षीया रेवती थापा र उनकी नौ महिने छोरी ऋतु थापाको ज्यान गएको हो ।
शुक्रबार राति खाना खाएर सुतेका उनिहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । ग्यास चुलोको आगोबाट सुति रहेको विस्तारामा आगो सल्किँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।