प्रधानमन्त्री प्रचण्डद्वारा बोगटीप्रति श्रद्धाञ्जलि अर्पण



काठमाडौं, ३० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पार्टी मुख्यालय धुम्रबराहीमा आज ‘बोगटीको नवौं स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले बोगटीको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

अध्यक्ष दाहालले बोगटीको तस्बिरमा माल्यार्पण गरेका थिए । नेता बोगटी २०७१ साल भदौ ३० गते हृदयाघातका कारणले निधन भएको थियो । एकीकृत माओवादीको हेटौँडामा भएको सातौँ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित गरेको थियो ।

उनी सरकारको ऊर्जा, सूचना तथा सञ्चार, पर्यटन नागरिक तथा उड्डयनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन नुवाकोट क्षेत्र नं ३ बाट उनी प्रत्यक्ष तर्फबाट निर्वाचित भएका थिए । उनी नुवाकोटको साविकको तुप्चे गाविसको अक्करेमा २०१० साल साउन ३ गते जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस्