कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई



काठमाडौ,भदौ ३० । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गरेपछि शनिबार राष्ट्रपति पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई तोकेका हुन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् रक्षाममन्त्री खड्काले सम्हाल्ने गरी तोकेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुने र त्यहाँबाट जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानेछन । उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट न्युयोर्क प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्