सडक दुर्घटनामा अनेरास्ववियुका नेताद्वय पाण्डे र दोङको निधन



काठमाडौं, भदौ ३० । सडक दुर्घटनामा परी परी नेकपा (एमाले) निकट अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङको निधन भएको छ ।

संगठनको काममा मेलम्चीबाट बाह्रविसे जानेक्रममा बलेफीमा सडक दुर्घटना हुँदा उनीहरुको निधन भएको हो ।

उनीहरु सवार मोटरसाईकललाई ट्याङ्करले ठक्कर दिएको थियो । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्