तीज कार्यक्रममा झडप हुँदा पाल्पामा एक युवकको मृत्यु



बुटवल,असोज १ । पाल्पामा एक जना युवाको हत्या भएको छ ।

तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गएराति भएको आक्रमणमा युवकमाथि चक्कु प्रहार भएको थियोे । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्