कलभर्ट बगाएपछि राजमार्ग अवरुद्ध



रुकुमपश्चिम,असोज १ । राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यानखण्डको मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा रहेको कलभर्ट बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको छ । आइतबार दिउँसोदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । 

खोला वारपारको लागि राखिएको कलभर्ट र ढलानको वरिपरिको भाग बाढीले बगाउँदा बाटो अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिए । लगातारको वर्षापछि आएको बाढीले उक्त क्षति गरेको हो ।

सडक डिभिजन कार्यालय चौरजहारी र स्थानीय सरकारसँगको सहकार्यमा सडक सुचारु गर्ने प्रयास भइरहेकोले प्रमुख जिल्ला अधिकारी पन्तले बताए । तर खोलामा पानीको सतह कम नभएकाले सोमबार दिनभर पनि सडक खुल्ने सम्भावना कमै रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्