हामीलाई गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भैरहेको छ : माधव नेपाल



काठमाडौं, असोज १। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भैरहेको खुलासा गरेका छन् । तर, गठबन्धनमै रहनको लागि आफूहरु चनाखो हुनुपर्ने उनको भनार्य छ ।

सोमबार पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो खुलासा गरेका हुन् । उनले अहिलेको सत्ता गठबन्धन आफूहरूकै पहलमा बनेको पनि स्मरण गराए ।

सम्बोधनको क्रममा अध्यक्ष नेपालले भने, ‘आज गठबन्धनलाई धारे हात लगाएर कमजोर पार्न र यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नको लागि जुनसुकै किसिमको षड्यन्त्र भइरहेको छ । त्यसबाट होसियार हुनुपर्छ । गठबन्धनलाई बलियो बनाउनुपर्छ । यो बनाउन हामीले नै भूमिका खेलेका हौं ।’ यद्धपी उनले गठबन्धनभित्र सबैसँग मिलेर नै अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्