भोली देशभर सार्वजनिक बिदा
काठमाडौं,असोज २ । सरकारले भोली बुधबार सार्वजनिक बिदा दिएको छ ।
संविधान दिवसको परेकोले संघीय सरकारले देशभर सार्वजनिक बिदा दिएको हो।
२०७२ साल असोज ३ गते सविधान जारी भएको दिनको रुपमा सरकारले सार्वजनिक बिदा दिएको हो।
सार्वजनिक बिदासँगै विभिन्न सरकारी कार्यलय, बैंक तथा वित्तीय संस्था र सेयर बजार समेत बन्द हुनेछ ।