सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: मेयर बालेन



काठमाडौं,असोज ३। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न नसकिने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत शाहले सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न नसकिने बताएका हुन् । उनले भनेका छन्,’संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन ।’

उनले स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराएका छन् ।

साथै उनले शिक्षकहरुलाई स्कुल बन्द गरेर पठन पाठन मा अवरोध नगर्न आग्रह गर्दै अवरोध पुर्‍याएमा कानुन (संविधान) अनुसार कारबाही हुने पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्