रहेनन् पूर्व मन्त्री भट्ट

काठमाडौं,असोज ५ । पूर्व मन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ।
क्यान्सर रोगको उपचाररत भट्टको बिहीबार निधन भएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत रहेका उनी वीर अस्पतालमा उपचाररत थिए । उनी २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।