क्रिकेटर लामिछाने विरूद्धको मुद्दामा आज पनि सुनुवाइ नहुने

काठमाडौं,असोज ७ । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो। आइतबार पेसी हुने भनिए पनि अदालतले स्थगितको २६ नम्बर सूचीमा लामिछानेको मुद्दा राखेको छ।
यसअघि असोज १ गते सोमबार पेसी रहे पनि न्यायाधीश अभावका कारण सुनुवाइ नभएर स्थगित भएको थियो। सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन।