अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा ५० प्रतिशत छुट दिने



काठमाडौँ,मंसिर १७ । अपाङ्गता भएका यात्रुलाई नेपाल वायुसेवा निगमले टिकट शुल्कमा छुट दिने भएको छ । अपाङ्गता भएका यात्रुहरुलाई आन्तरिक हवाई उडानमा छुट दिने भएको हो ।

आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरीएको कम्पनीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्