नुवाकोट उद्योग वाणिज्य संघद्वारा मृतक तथा बेपत्ता परिवारलाई २० हजार सहयोग



नुवाकोट,असोज ३० । नुवाकोट उद्योग वाणिज्य संघले भदौ १० गते आएको त्रिशूली–भोटेकोसी महाप्रलयमा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ।

संघमा दर्ता भई साधारण सदस्य रहेका मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई राहतस्वरूप जनही २० हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

अध्यक्ष श्रेष्ठका अनुसार तत्कालका लागि १६ परिवारलाई उक्त सहयोग रकम वितरण गरिएको हो। महाप्रलयबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले संघले आर्थिक सहयोग गरेको हो।

प्रतिक्रिया दिनुहोस्