एमाले महोत्तरीको अध्यक्षमा बलिराम यादव निर्वाचित
![](https://www.sajhapath.com/wp-content/uploads/2024/01/20240104_123632.jpg)
महोत्तरी,माघ २७ । नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले बलिराम यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । मतदान प्रक्रियामा यादवले २ सय ५९ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी शिवचन्द्र सिंहले १ सय ५५ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा अम्बिकाप्रसाद गौतम निर्वाचित भएका छन भने सचिव शम्भु ठाकुर, उपसचिवमा फेकन राम र बिन्दु किङ्ग्रिङ्ग निर्वाचित भएका छन । लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाहा निर्वाचित भएका छन ।