तामाङ समुदायको गरुढ वर्ष शुरू, चिनियाँले पनि मनाए नयाँ बर्ष



काठमाडौं,माघ २८ । तामाङ समुदाय तथा ह्योल्मो समुदायले टुँडिखेलमा सोनाम ल्होछारको अवसरमा कार्यक्रम गरेर मनाएका छन। यो संगै तामाङ समुदायको साँस्कृतिक क्यालेन्डर (पात्रो)मा खरायो वर्ष पूरा भएर गरुढ वर्षमा प्रवेश भएको छ ।

यस्तै यही दिन चिनियाँ नयाँ बर्ष पनि शुरू हुने गर्छ ।काठमाडौंमा सोनाम ल्होछारको तथा चिनियाँ नयाँ बर्षको अवसरमा विभिन्न साँस्कृतीक कार्यक्रमहरू आयोजना भएको थियो । 

दरवारमार्गमा चिनियाँ नयाँ बर्षको अवसरमा परेड आयोजना भएको छ । चिनियाँ तथा नेपाली कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका छन । शनिवार देखि चिनियाँ ड्रागन बर्ष शुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्