विदुरमा निःशुल्क सिलाई कटाई तालिम सम्पन्न, २६ जनालाई प्रमाणपत्र प्रदान



नुवाकोट, असार १३ । बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् हेटौंडा, मकवानपुर र विदुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क सीप विकास सिलाई कटाई तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ।

विदुर नगरपालिकाको आयोजनामा सम्पन्न ३९० घण्टे आधारभूत सिलाई कटाई तालिमको समापन कार्यक्रम नगरप्रमुख श्री राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

तालिममा सहभागी २६ जनालाई प्रारम्भिक तहको तालिम पूरा गरेबापत प्रमाणपत्र वितरण गरिएको आयोजकले जानकारी दिएको छ।यस तालिमले महिलाहरुको आर्थिक सशक्तीकरण र स्वरोजगार अभिवृद्धिमा टेवा पुग्ने विश्वास आयोजकको रहेको छ।

प्रतिक्रिया दिनुहोस्